Bagmati Samachar Logo

जेन जी आन्दोलनमा ज्यान गुमाएकाहरूकाे पशुपति आर्यघाटमा अन्त्यष्टि

काठमाडौं । जेन जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीहरूको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

भाद्र २४ गतेको हिंसात्मक घटनाका क्रममा महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको मृत्यु भएको थियो। त्यस्तै, कोटेश्वर वृत्तमा कार्यरत सहायक हवल्दार अमृत गुरुङको पनि मृत्यु भएको थियो ।

तीन प्रहरीको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ आर्यघाटमा अन्त्येष्टि गरिएको हो।

त्यस्तै जेन जी आन्दोलनमा ज्यान गुमाएका इटहरीका १८ वर्षीय श्रीयम चौलागाईंको पनि आज परिवारका सदस्य र उनी अध्ययनरत ग्लोबल कलेजका शिक्षक, कर्मचारी र साथीहरूको उपस्थितिमा अन्त्येष्टि गरेको छ ।