सभामुख र राष्ट्रियसभा अध्यक्षको वक्तव्य : विधिको शासन र संविधानवादबाट निकास खोज्नु पर्छ
काठमाडाैं । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले अहिलेको संकटको निकास विधिको शासन र संविधानवादबाट नै खोज्नु पर्ने बताएका छन् । सभामुख र अध्यक्षले संयुक्त वक्तव्य जारी गर्दै उक्त कुरा उल्लेख गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ , ‘देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन सम्माननीय राष्ट्रपतिज्यूले पहल गरिरहनुभएको छ। यस सन्दर्भमा विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन भन्नेमा हामी दृढ छौँ।’
आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन पनि अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: