Bagmati Samachar Logo

संविधान र संसद कायम राख्नु पर्छ, अन्तरिक सरकार प्रमुख सुशीला कार्की उपयुक्त : उपेन्द्र यादव

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधान संशोधन र पुनर्लेखन गरि परिमार्जन गर्न संविधान र संसद कायम राख्नु पर्ने बताएका छन् । उनले आज बिहान सामाजिक सञ्जालमा लेखेका छन् ,‘ संविधान संशोधन र पुनर्लेखन गरी परिमार्जन गर्न संविधान र संसदलाई कायमै राख्नु पर्दछ । संसद बिघटन र संविधानको खारेजी मुलुकको हीतमा हुनसक्दैन्।’

उनले अन्तरिम सरकार प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउने निर्णय सकारात्मक भएको पनि बताएका छन्।

उनले लेखेका छन्, ‘अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई सिफारिस गर्ने निर्णय अत्यन्त सकारात्मक रहेको छ।’

राष्ट्रपतिको कार्यालय शीतल निवासमा बिहीबार रातभर भएको जेनजीसहितको वार्तामा अन्तरिम सरकार प्रमुख पूर्वप्रधान्यायाधीश कार्कीलाई बनाउने सहमति भए पनि निष्कर्षमा पुग्न भने बाँकी छ। आज पनि वार्ता जारी रहेको छ।