Bagmati Samachar Logo

तीन दिनपछि राष्ट्रपतिले भने– संवैधानिक दायराबाटै निकास खोज्न हर प्रयास गर्दै छु

। राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संकटलाई व्यवस्थापन गर्न आफूले प्रयास गरिरहेको बताएका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै उनले संयमित हुन आग्रह गरेका छन् । उनले संकटको निकास संविधानभित्रैबाट खोज्न हर प्रयास गरिरहेको उल्लेख गरेका छन् ।

‘देशको अहिलेको विषम परिस्तिथिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचारविमर्श एवं हर प्रयास गर्दै छु,’ उनले भनेका छन्, ‘आन्दोलनकारी नागरिकको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछु ।’

राष्ट्रपति पौडेलले तीन दिनअघि जेन–जी आन्दोलनकारीलाई संवादका लागि आह्वान गरेका थिए ।