कर्ण थापाले एमाले केन्द्रीय कार्यालयमा फरक मत दर्ता गराउदै
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले पार्टीमा आफ्नो फरक मत दर्ता गराउन लागेका छन् ।
पार्टीका निर्णयहरूप्रति थापाले फरक मत दर्ता गराउन लागेका हुन् । उनले आजै केन्द्रीय कार्यालयमा आफ्नो मत दर्ता गराउने भएका छन् । उनलेभनेका छन्, ‘पार्टीका निर्णयहरू, घटनाक्रम, जनताको बहुदलीय जनवाद रक्षाका कुराहरू मैले आफ्नो मतका रूपमा दर्ता गराउँदैछु ।’
पार्टी विधान संशोधन मस्यौदाबाट हटाइएको ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधानबारे पनि छलफलको माग राख्ने भएका छन् । विद्या भण्डारीमाथि कारबाही गरिएको छ । त्यो विषय पनि समेटेको र वाम एकताबारे अध्ययन गर्न आवश्यक रहेको उनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्: