Bagmati Samachar Logo

खोकेर खकारेर छिमेकीलाई डिस्टर्ब गरे तीन लाखसम्म जरिवाना हुने

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयले शान्त छिमेकी अभियान सञ्चालन गर्दै शौचालयको फ्लस गर्दा समेत ध्वनि कम गर्ने उपाय अपनाउन अनुरोध गरेको छ।

बुधबार ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ सञ्चालन गर्दै पाँच वटा बुँदा र त्यसका उपबुँदाहरू राखेर विभिन्न प्रकारका अनुरोध गरेको हो।

जसमा अबेर राति शौचालयको फ्लस गर्दा ध्वनि कम गर्ने उपाय अनपाउन समेत अनुरोध गरेको हो।

त्यस्तै राति अबेर वा बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी लगाउने काम नगर्न पनि प्रहरीले अनुरोध गरेको हो।

कार्यालयले फोन कल गर्दा आवाज कम गर्न, हेडफोन प्रयोग गर्न, अबेरसम्म ठूलो स्वरमा गफ नगर्न, भान्सामा भाडाँकुडाँको ठूलो आवाज उत्पन्न नगर्न अनुरोध गरेको हो।

यति यी नियमको उल्लंघन भएमा तीन लाखसम्म जरिवाना तिराउने व्यवस्था रहेको प्रहरीले सूचनामा उल्लेख गरेको छ ।