Bagmati Samachar Logo

सुनको मूल्य अहिलेसम्म कै उच्च, नाध्यो दुई लाख

काठमाढौं । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्य तोलामा एक हजार २०० रुपैयाँले वृद्धि भएको छ भने त्यति नै परिमाणको चाँदी पाँच रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ६०० रुपैयाँ निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी दुई हजार ३६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

हिजो बिहीबार एक तोला सुन एक लाख ९९ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार ३५५ रुपैयाँमा क्रयविक्रय भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔँस सुन तीन हजार ४०८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।