ओलीले ईश्वर पोखरेललाई भने ‘अभागीलाई खानेबेला रिस उठ्छ’
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अभागी भनेका छन् । बुधबार काठमाडौं जिल्लाका नेताकार्यकर्ताहरुसँग बालुवाटार भएको छलफलमा ओलीले पार्टीका वरिष्ठ उपाध्यक्ष पोखरेललाई अभागी भनेका हुन् ।
छलफलमा सहभागी एमाले काठमाडौंका जिल्ला अध्यक्ष दिपक निरौलाले सामाजिक सञ्जाल फेसबुकमा ओलीको भनाइ उदृत गर्दै लेखेका छन्, ‘उहाँले बाटो बिराएर हिँड्नुभयो । अभागीलाई खाने बेलामा रिस उठ्छ भनेको यही हो ।’
पछिल्लो समय पोखरेल पूर्वराष्ट्रपति भण्डारीको पक्षमा खुलेर लागेका छन् । गत असार १४ गते मदन भण्डारीको जन्मजयन्ती बनाउने कार्यक्रममा पनि भण्डारीसँग पोखरेल थिए । भण्डारीको पक्षमा उभिएका पोखरेल प्रति ओली रुष्ट बन्दै गएका छन् । पोखरेलले सचिवालय बैठकमा ओलीलाई नेतृत्व छाड्नु पर्ने बताएका थिए ।

ओलीले काठमाडौंका प्रतिनिधिलाई भदौ २०–२२ मा हुने विधान महाधिवेशनमा एकताको सन्देश दिने गरी काम गर्न निर्देशन दिएका छन् । छलफलमा सहभागीलार्य ओलीले निर्देशन दिदै भनेका थिए, ‘विधान महाधिवेशनमा एकताको अधिवेशन हुनेछ । अन्यथा महाधिवेशनमा हिसाब–किताब गरिनेछ ।’
उक्त छलफलमा ओलीले आफूलाई एमालेभित्र टक्कर दिने भण्डारीबाहेक अर्को नेता नरहेको दाबी गरेका निरौलालले उल्लेख गरेका छन् ।
पार्टीभित्र उत्पन्न हुँदै गएको समस्याप्रति केन्द्रित हुँदै ओलीले भनेका थिए, ‘विद्याजीबाहेक कसैको दम छैन, उहाँले छोडे सबै कुरा मिल्छ ।’
उनले मदन भण्डारी फाउन्डेसन परिवारको सम्पत्ति नभएको टिप्पणी समेत उनले गरे । केही नेताहरूले पूर्वराष्ट्रपति भण्डारीको तस्बिर राखेर गरिएका गतिविधिप्रति ओलीले आक्रोश व्यक्त गरेका थिए । तर, कोसी प्रदेशमा शक्तिशाली जनाधार बनाएका संस्थापनइतर पक्षका नेता विनोद ढकालप्रति भने आली ‘सफ्ट’ सुनिए । उनले ढकाललाई नवौँ महाधिवेशनमा आफूलाई सहयोग गर्नेमध्येको प्रमुख पात्र रहेको बताएका थिए ।
भण्डारीले पार्टीमा समस्या ल्याएको बताउँदै ओलीले कार्यकर्तामाझ पार्टी सदस्यताका लागि प्रक्रिया नै नमिलेको बताएका थिए । उनले च्यासलले सदस्यता खाएको भन्दै हिँड्नु शोभनीय नभएको तर्क गरेका थिए ।
उनले भण्डारीले अध्यक्ष छाडेर सघाउन आग्रह गरे पनि आफूले अहिले भ्रममा नपर्न भनेको विधान महाधिवेशनका प्रतिनिधिलाई सुनाएका थिए ।
२०५४ सालमा पार्टी दुइतिहाई मत आउथ्यो बाामदेबले पार्टी फुटाएको भन्दै आलोचना गरेका निरौलाले उल्लेख गरेका छन् । ओलीले मदन भण्डारी फाउन्डेशन आफूले भण्डारीको जन्मजयन्ती मनाउन नपाउदा खोलेको टिप्पणी गरेका थिए । सबैले राजमाता हुन भनि रहदा आफूले विद्यालाई अगाडि सारेको भएपनि अब एमालेमा आएर अध्यक्ष बन्न सम्भव नभएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्: