३४ दिनदेखि आन्दोलनरत अखिल क्रान्तिकारी र त्रिविबीच ४ बुँदे सहमति, शुल्क घट्ने
काठमाडौ । त्रिभुवन विश्वविद्यालयमा चारवटा विभागको शुल्क घटाउनु पर्ने माग राखेर ३४ दिनदेखि आन्दोलन गरिरहेको अखिल क्रान्तिकारी र त्रिविविबीच चार बुँदे सहमति भएको छ।
मंगलबार मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गतका चारवटा केन्द्रीय विभाग अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व, शान्ति तथा विकास अध्ययनको शुल्क घटाउने सहमति भएको हो ।
सहमति पत्रमा भनिएको छ, ‘लिइँदै आइएको शुल्कलाई हाल कायम शुल्कबाट घटाई एक लाख दश हजार कायम हुने गरी निर्धारण गर्ने । उक्त निर्धारित रकम अहिलेकै दोस्रो सेमेस्टरबाट कार्यान्वयन गर्ने,’
त्रिवि नियमानुसार विद्यार्थीहरूलाई प्रदान गरिने छात्रवृत्तिलाई कार्यान्वयन गर्ने र केन्द्रीय विभागहरूमा भौतिक पूर्वाधार तथा आवश्यक जनशक्तिहरूको व्यवस्थापन गर्दै जाने सहमति भएको छ । यससँगै अखिल क्रान्तिकारीले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू फिर्ता लिने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्: