राज्यव्यवस्था समिति सभापतिमा न्यौपानेको उमेदवारी
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यस्था तथा सुशासन समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले उमेदवारी दर्ता गराएकी छन् ।
राज्यव्यवस्था समितिको सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको प्रस्तावक कांग्रेस सांसद रामहरि खतिवडा छन् ।
मंगलबार नै उनले संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी छन् । त्यसलगतै न्यौपानेले राज्य व्यवस्थाको सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
भदौ १० उनी राज्यव्यवस्थामा उमेदवार बनेकी हुन् ।
गएको साउन २७ गते खतिवडाले सभापतिबाट राजीनामा दिएपछि पद रिक्त छ । खतिवडा कुलिङ अफ पिरियडमा विवादमा परेकाले नैतिक जिम्मेवारी लिनु पर्ने छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरेका थिए । प्रतिवेदनमा नाम उल्लेख भएपछि बल्ल खतिवडाले राजिनामा दिएका हुन् ।
सभापति भदौ ११ दिउँसो ३ बजे समिति बैठक बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्: