राज्यव्यवस्था तथा सुशासन सभापतिको निर्वाचन ११ भदौमा
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा रिक्त सभापति पदको निर्वाचनको मिति तय भएको छ ।
संसद सचिवालयद्वारा जारी सूचनाअनुसार सभामुख देवराज घिमिरेले यही भदौ ११ गते बुधबारको दिनलाई निर्वाचनको मिति तोकेका हुन् । यो भन्दा पहीला सभापति कांग्रेसका रामहरी खतिवठा थिए ।
उनी कुलिङ अफ पिरियडमा विवादमा मुछिएपछि राजिनामा दिएका थिए । कुलिङ अफ पिरियडमा भएको गडबडीको छानबिन गर्न बनेको समितिले खतिवडालाई पनि नैतिक जिम्मेवार ठहराएको थियो । त्यसपछि उनले राजिनामा दिएका थिए । राजिनामा पछि उक्त पद खालि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: