आजभोलि संसदमा बेकार आइएछ जस्तो लाग्छ : जनार्दन शर्मा
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संसदमा किन आइएछ भनेर आत्मग्लानी हुने गरेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आफू सुरूवातदेखि निरन्तर संसदमा रहेको तर पछिल्लो समय किन संसदमा आइएछ भनेर आत्मग्लानी हुने गरेको बताएका हुन्।
उनले भने, ‘ आजभोली कानून त चोरी हुने संसदमा बेकार आइएछ जस्तो लाग्छ । कानून नै चोरी हुन्छ । अलि दिक्क लागेर होला । अलि पुरानो भएर पनि होला ।’
उनले संविधानमा लेखिएका कुराहरु किन कार्यान्वयन गरिएन भनेर प्रश्न गर्दा अरू तर्सिने गरेको पनि बताए।
‘उनले भने, ‘संविधानको उपभोग बनाउन जनताले पाउनुपर्छ । उपभोग गर्न जनताले पाउने अवस्था सिर्जना गर्न हामी चुक्यौँ । यो मैले गरेको प्रश्न म आफैँलाई हो । तर मैले आफैँलाई गरेको प्रश्नले अरु तर्सिन्छन् र पो गाह्रो छ । प्रश्न आफैँलाई गरेको हो । किनभने त्यस ठाउँमा त हामी नै छौँ । संविधानका धाराहरुले पानामा लेखेका कुराहरु नै उपयोग गर्नेतिर किन जान सकेनौं ।’
प्रतिक्रिया दिनुहोस्: