कम्युनिस्ट पार्टीभित्र पनि तानाशाही र निरंकुशता छ : सुरेन्द्र पाण्डे
काठमाडौं । नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले कम्युनिस्ट पार्टीभित्र तानाशाही र निरंकुशता रहेको टिप्पणी गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित प्रकाश विकल्पको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । कम्युनिस्ट पार्टी भित्रको तानाशाही र निरंकुशताबाट पीडितहरुको जमघटले मात्रै समाज परिवर्तन नहुने बताए।
उनले भने, ‘कम्युनिस्ट पार्टीभित्र पनि तानाशाही र निरंकुशता छ, यसमा लड्दै आएको छ । यो सबै पीडितहरुको मात्रै जमघटजस्तो लाग्यो। पीडितको जमघटले समाज परिवर्तन हुँदैन।’
पाण्डेले लोकतन्त्रले देश विकास नहुने उल्लेख गरे। उनले भने, ‘यहाँ कतिपयले भन्नुभयो, लोकतन्त्रले देश विकास हुन्छ । मलाई कहिलेकाहीँ लाग्छ, त्यसले मात्रै उत्तर पाइँदैन कि भन्ने लाग्छ। दक्षिण कोरियामा तानाशाही शासनबाट देश परिवर्तन गरेर मरे। कहिले तानाशाही सकारात्मक भएर आउँछ, कहिले नकारात्मक छ। संसारमा एउटै अनुभव छैन।’
प्रतिक्रिया दिनुहोस्: