Bagmati Samachar Logo

जनयुद्धमा ट्रेनिङ लिएकी हुँ, भारतसँग लड्नपरे पनि तयार छु : सांसद रेनु चन्द

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद रेनु चन्दले हात्तीसँग लड्न परे पनि आफूहरु लड्न तयार रहेको बताएकी छन्।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद चन्दले आफू पनि जनयुद्धकालीन ट्रेनिङ प्राप्त व्यक्ति भएको र भारतसँग लड्नु परेमा लड्न तयार रहेको बताएकी छन् । हात्तीरुपी भारतसँग लड्न कमिलारुपी नेपालीहरू तयार रहेको दोहराएकी छन् ।

सांसद चन्दले लिपुलेकमा चीन—भारतबीच भएको व्यापार मार्ग खुलाउने सहमतिबारे कुटनीतिक पहल गर्न सरकारसँग माग पनि गरिन्। सबै राष्ट्रिय शक्तिहरू मिलेर कुटनीतिक पहल गर्नुपर्ने उनको भनाइ।

उनले भनिन्, ‘हामी हात्तीसँग लड्न परे पनि लडौँला। हात्तीसे लड्जायेगी चिटीकी टोली। तयारी गर्नुस्। कुटनैतिक पहल तपाईंहरूको पुग्दैन भने नडराउनु होला। म त जनयुद्ध लडेको मान्छे हुँ, ट्रेनिङ प्राप्त छु भन्ने पनि सरकारलाई जानकारी गराउन चाहन्छु। यद्यपि मैले यस्तो कुरा गर्दा आइज दुई दुई हात गरिहालौँ भन्न खोजेको होइन। मूल जरो त कुटनीतिक पहल नै हो।’
भारत र चीन एक ठाउँमा उभिने कुरा हाम्रो लागि ठिक होइन । अब हामीले सिक्किमिकरण र तीब्बती करणका विरुद्ध लड्नु पर्छ ।

सांसद चन्दले सीमा क्षेत्रमा नेपालीहरुको अवस्था नाजुक रहेको बताइन्। सरकारले व्यवास्था गरेको छ । भारतीयले कन्चनपुरमा सिमा मिच्दा ज्यान दिनु परेको छ ।