Bagmati Samachar Logo

खुट्टाले टेक्नुपर्ने देश टाउकोले टेकिरहेको छस् पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिले नेपालको अर्थतन्त्र उल्टो बाटोमा हिडिरहेका बताएकी छन् ।

‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’को कार्यालयको उद्घाटनका क्रममा भण्डारीले अर्थतन्त्र आयातमा निर्भर भएको उल्लेख गरिन् । भण्डारीले भनिन्, ‘साधन स्रोतको हिसाबले खुट्टाले टेक्नुपर्ने देश टाउकोले टेकिरहेको छ ।’

अर्को प्रसंगमा उनले आफू विगतमा कम्युनिस्ट आन्दोलनमा सहभागी भएको उल्लेख गर्दै एमालेको कर्यकर्ता भएर काम गर्ने चाहना रहेको बताइन् ।
उनले थपिन्, ‘एमालेको सदस्य भएर काम गर्न चाहन्छु, गरिरहन्छु। पार्टी सिद्धान्तको मर्म र भावनाअनुसार काम भयो कि भएन समीक्षा गर्ने हो, बेला भएको छ।