Bagmati Samachar Logo

पाँचबुँदे माग राख्दै निजी विद्यालय सञ्चालकद्वारा सडक आन्दोलन घोषणा

काठमाडौं । शिक्षा विधेयकमा पाँचबुँदे माग राख्दै निजी विद्यालयका सञ्चालकहरूले आन्दोलन घोषणा गरेका छन् । नेशनल प्याब्सन र प्याब्सनले बुधबार संयुक्त पत्रकार सम्मेलन गर्दै भोलि (बिहीबार) देखि सडक आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

सङ्घीय संसदबाट पारित गर्न लागिएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा आफनो मागहरू सम्बोधन नभएपछि आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना आएको उनीहरूको भनाइ छ ।

पर्सि देशभरका विभिन्न विद्यालयका स्कुल बसमा कालो झण्डासहितको प्रदर्शन, सोही दिन दिउँसो १ बजे माइतीघर मण्डलामा भेला भएर शिक्षा, स्वास्थ्य तथा प्रविधि समिति र संघीय संसद घेराउ गर्ने कार्यक्रम पनि तय भएको विज्ञप्तिमार्फत जनाइएको छ ।

भदौ ६ गते देशैभरका स्कुल बसहरू विद्यालय नजिकैको चोकमा उतारेर नगर परिक्रमा गर्ने लगायतका आन्दोलन घोषणा गरेको हो ।

सोही दिन काठमाडौं उपत्यकाको २७ किलोमिटर चक्रपथ वरपर स्कुल बसहरूको कालो झण्डा र ब्यानरसहित र्‍याली गर्ने कार्यक्रम पनि तय भएको छ । लगत्तै, दिउँसो १ बजे माइतीघर मण्डलामा भेला भएर शिक्षा, स्वास्थ्य तथा प्रविधि समिति र संघीय संसद घेराउ गर्ने कार्यक्रम पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

७ गतेका लागि कुनै आन्दोलनका कार्यक्रमहरू राखिएको छैन । ८ गते निर्णायक आन्दोलनमा प्रवेश गर्ने बताइएको छ ।

भदौ ८ गतेसम्म पनि आफ्ना मागहरू पूरा नभए थप न्दोलनमा जाने बताएका हुन् ।