ट्रम्प–पुटिन भेटघाटका गोप्य कागजातहरू होटलमै छुटेपछि
एजेन्सी
वासिङ्टन डीसी । शुक्रबार अलास्काको होटल क्याप्टेन कुकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच भेटवार्ता भयो । होटलमा दुई नेताहरूबिच कुराकानी भयो । त्यही होटलमा अमेरिकी विदेश मन्त्रालयको ठुलो लापरबाही बाहिरीयो ।
शुक्रबार बिहान, अलास्काको उक्त होटलमा अमेरिकी विदेश मन्त्रालयको चिन्ह भएका कागजातहरू फेला परे । उक्त कागजातमा पुटिन र ट्रम्प बिचको भेटघाटबारे धेरै गोप्य जानकारीहरू थिए । जुन कुराहरू सार्वजनिक गरिएका थिएन तर तिनीहरू निकै संवेदनशील थिए ।
अमेरिकी विदेश मन्त्रालयको लापरबाहीले होटलको प्रिन्टरमा आठ पृष्ठ छुटेका थिए । बिहान ९ बजेतिर तीन पाहुनाहरूले ती कागज देखे । यो होटल ज्वाइन्ट बेस एल्मेन्डोर्फ–रिचर्डसनबाट २० मिनेट मात्रै टाढा थियो । पहिलो पृष्ठमा अगस्ट १५ को बैठकको पूर्ण विवरण दिइएको थियो ।
बैठक कहाँ हुनेछ, कति बजे हुनेछ र बेसभित्र कुन कोठाहरू छन् भन्ने पनि यसमा लेखिएको थियो । अर्को पानामा ट्रम्पले पुटिनलाई दिने उपहार (अमेरिकन बाल्ड ईगल डेस्क प्रतिमा) बारे लेखिएको थियो ।
शनिबार, ह्वाइट हाउसकी उप प्रेस सचिव अन्ना केलीले यी कागजातहरूलाई केही पृष्ठका लन्च मेनु मात्रै भनेर खारेज गरिन् । यी कागजलाई सार्वजनिक प्रिन्टरमा छोड्नु सुरक्षा उल्लङ्घन नभएको उनको तर्क थियो । अमेरिकी विदेश मन्त्रालयले यसबारे टिप्पणी गरेन । तर विज्ञहरूलाई चरम लापरबाही भनेका छन् ।
पृष्ठ २ देखि ५ मा तीन अमेरिकी कर्मचारी सदस्यहरूको नाम र फोन नम्बर, साथै १३ अमेरिकी र रुसी नेताहरूको नाम थियो । पृष्ठ ६ र ७ मा लन्च कसरी र कसलाई दिइनेछ भन्ने विवरण थियो । मेनुमा ‘महामहिम भ्लादिमिर पुटिन’को सम्मानमा लन्च हुनेछ भनेर लेखिएको थियो । सिटिङ चार्टले पुटिन र ट्रम्प आमनेसामने बस्ने देखाएको थियो । ट्रम्पको दायाँतिर अमेरिकी विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेग्सेथ र ह्वाइट हाउसका प्रमुख कर्मचारी सुजी वाइल्स बस्ने भनिएको थिए । बायाँतिर कोषमन्त्री स्कट बेसान्ट, वाणिज्यमन्त्री हावर्ड लुटनिक र शान्ति मिसनका लागि विशेष दूत स्टिभ विटकफ थिए ।
यस्तो थियो लञ्चको मेनू
शिखर सम्मेलनमा शुक्रबार दिउँसोको खाना रद्द गरिएको थियो, तर यसको योजना कागजातमा थियो । यस अनुसार, दिउँसोको खानामा साधारण तीन–कोर्सको खाना खाइने थियो । मेनुमा हरियो सलाद पछि फिलेट मिग्नन र हलिबट ओलम्पिया, र मिठाईको लागि क्रेम ब्रुली समावेश थियो ।
प्रतिक्रिया दिनुहोस्: