बागमतीका नवनियुक्त मन्त्रीले लिए शपथ
हेटौँडा । बागमती प्रदेश सरकारका नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज शुक्रबार नियुक्त भएका पाँच जना मन्त्री प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, अर्मिला केसी नेपाल र बिनु रायमाझीलाई सपथ गराएका हुन् ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उनीहरूलाई आज मन्त्री पदमा नियुक्त गरेका थिए ।
सामाजिक विकास मन्त्रालयमा काभ्रेका बादे, आर्थिक मामिला तथा योजना मन्त्रालयमा रसुवाका तामाङ, युवा तथा खेलकुद मन्त्रालयमा ललितपुरकी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रालयमा भक्तपुरका श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा चितवनकी रायमाझीले जिम्मेवारी पाएका छन ।
२० साउनमा आफूसहित ८ मन्त्री नियुक्त गरेका मुख्यमन्त्री बानियाँले सरकार गठनको १० दिनपछि दोस्रो चरणमा कांग्रेसका पाँच जनालाई मन्त्री बनाएका छन् । योसँग बानीयाँले १४ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । निवर्तमान मुख्यमन्त्री बहादुरसिं लामका पक्षका कसैलाई पनि मन्त्री बनाएन । जब कि लामाले राजीनामा दिनु भन्दा केही दिन पहीला तीन जनालाई मन्त्री नियुक्त गरेका थिए । तर शपथ गराउन पाएका थिएनन् । बानीयाँसँगको सम्झौतामा तीन जनालाई मन्त्रीमा शपथ गराउने सहमति भएको भनिएपनि अन्तिमा बान्ीयाँले लामा पक्षका कसैलाई पनि मन्त्री बनाएनन् ।
प्रतिक्रिया दिनुहोस्: