मुख्यमन्त्री बानीयाँले आफ्ना पाँच मन्त्री नियुक्त गरे, बहादुर समूह हेरेको हेर्यै
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार पाँच मन्त्री नियुक्त गरेका छन् । २० साउनमा आफूसहित आठ मन्त्री नियुक्त गरेका बानियाँले दोस्रो चरणमा आफ्नै दल कांग्रेसका पाँच जनालाई मन्त्री नियुक्त गरेका छन् । यो सँगै १४ सदस्यीय मन्त्रिपरिषदले पूर्णता पाएको छ । उनले कांग्रेसको बहादुर लामा समूहबाट मन्त्री बन्ने मौका कसैलाई दिएनन् ।
मुख्यमन्त्री बानियाँले शुक्रबार नियुक्त गरेका नयाँ मन्त्रीहरूमा कञ्चनचन्द्र बादेलाई सामाजिक विकास मन्त्री, प्रभात तामाङलाईआर्थिक मामिला तथा योजना मन्त्री, उर्मिला केसी नेपाललाई युवा तथा खेलकुद मन्त्री , सुरेश श्रेष्ठलाई संस्कृति तथा पर्यटन मन्त्री, बिनु रायमाझी पौडेललाई सहकारी तथा गरिबी निवारण मन्त्री बनाएका छन् ।
यसअघि २० साउनमा कांग्रेसबाट कृष्ण तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री र शिवराज अधिकारी बिनाविभागीय मन्त्री नियुक्त भएका थिए । पछि अधिकारीले आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका थिए ।
त्यसैदिन नेकपा (एमाले) तर्फबाट मधुसुदन पौडेल कृषि तथा पशुपन्छी विकास मन्त्री, डा. दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकास मन्त्री, भरत केसी वन तथा वातावरण मन्त्री , जयरथ थापा श्रम, रोजगार तथा यातायात मन्त्री , र बिन्दु श्रेष्ठ उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री नियुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस्: