Bagmati Samachar Logo

नेकपा एस ः वामदेवलाई तेस्रो वरीयता, १३ जना केन्द्रीय कमिटीमा चयन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले वामदेव गौतमलाई तेस्रो वरीयतामा राखेको छ । नेकपा एसले गौतमलाई सम्मानित नेताको तेस्रो वरियतासहित सचिवालय सदस्य बनाएको छ।

पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा जारी एकीकृत समाजवादीको सचिवालय बैठकले गौतमलाई पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपछि सम्मानित नेतासहित सचिवाय सदस्य बनाएको छ । नेकपा राष्ट्रिय एकता अभियानबाट आएका १३ जनालाई केन्द्रीय कमिटी सदस्य बनाउने निर्णय गरेको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार १३ जनामा डीबी कार्की, लोकनाथ धमला र तुलसी थापालाई पोलिटब्युरो सदस्य बनाउने निर्णय गरेको छ ।

उनका अनुसार पार्टीको केन्द्रीय कमिटीमा उनीहरूसहित दुर्गादत्त भण्डारी, इमानसिंह भारती, रवीन्द्र वन, तोफा यादव, विद्याप्रसाद शर्मा, राधेश्याम गुप्ता, रामप्रसाद अधिकारी र मोहमदशेर बागवानलाई रहेका छन् ।