Bagmati Samachar Logo

प्रधानमन्त्रीले हावा गफ दिँदै जे बोले पनि हुन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले हावादारी गफ दिएको टिप्पणी गरेका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीको हावादारी गफले देश बर्बाद भइरहेको आरोप लगाए ।

हिजो सदनमा प्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकारले एक वर्षमा गरेको कामको फेहरिस्त सुनाएका थिए ।

त्यसको जवाफ दिँदै प्रचण्डले भने, ‘गफ दिँदा जे बोले पनि हुन्छ। यथार्थ धरातलमा के छ भन्ने कुरा सबै जनतालाई थाहा छ। उहाँ धरातल छोडेर हावादारी गफमा जानुभएको छ। त्यसले गर्दा पनि देश बर्बाद भएको छ।’
ओलीले बुधबार किर्तिपुरमा भएको किक्रेट मैदानमा भएको प्रगतिसँगै हेर्न जान प्रचण्डलाई चुनौति दिएका थिए ।