Bagmati Samachar Logo

आर्यघाटमा जलिरहेको शवबाट औँलाको टुप्पो किनेर लैजाने २ व्यक्ति पक्राउ

काठमाडौं । पशुपति आर्यघाटमा जलिरहेको शवबाट औँला किनेर लिने दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्ने सर्लाही जिल्लाको लालबन्दी घर भई कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी जिल्ला बलानबिहुल घर भई गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव हुन् ।

उनीहरूले बनेपा–९ का राम शाहीको जलिरहेको शवबाट कान्छी औंलाको टुक्रा र खरानी खरिद गरेका थिए । मलामीले घाटे ब्राह्मणले मासु नै बेचेको भन्दै प्रहरीमा उजुरी गरेपछि काभ्रेकै मण्डन देउपुर घर भएका ६१ वर्षीय घाटे ब्राह्मण गणेश ढकाल र उनका सहयोगी, उदयपुर, कटारीका २४ वर्षीय विनायक मैनाली पक्राउ परेका थिए ।

उनीहरूले जलिरहेको शवबाट कान्छी औँलाको टुप्पोको सानो भाग र खरानी ४ सय रुपैयाँको लोभमा दिएको स्वीकार गरेका थिए ।