Bagmati Samachar Logo

बाजुरामा बिच्छ्या खोलाको बाढी बस्तीमा पस्यो, दुई घर बगे

काठमाडौं । बाजुराको हिमाली गाउँपालिका १ स्थित बिच्छ्या खोलाको बाढी बस्तीमा पसेको छ । बाढीले स्थानीय सब्बली थापा र सन्चलाल थापाको दुई घर बगाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बाढीले अन्य थुप्रै भौतिक संरचनामा पनि क्षती पुर्‍याएको जानकारी आएको बताए । ‘केही घर टहरा बगाएको र विद्यालय तथा वडा कार्यालयमा क्षति पुगाएको जानकारी आएको छ’, डीएसपी हवारी शिलापत्रसँग भने, ‘क्षतिको एकिन विवरण भने आएको छैन । घटनास्थलतर्फ प्रहरी टोली गइरहेको छ ।’

बाढीले झोलुङ्गे पुलमा पनि क्षति पुगेको बताइएको छ ।