धनुषामा लागुऔषध कारोबारीलाई पक्रन प्रहरीले गोली चलायो, एक जना घाइते
काठमाडौं । धनुषाको मिथिला नगरपालिका–२ नक्टाझीमा प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली प्रहार गरेको छ । प्रहरीले गोली प्रहार गरी दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीको गोली लागेर मिथिला नगरपालिका–६ ढल्केवारका पप्पु कुमार साह घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता बरुणकुमार सिंहका अनुसार साहको दायाँ खुट्टामा गोली लागेको छ ।
उनका अनुसार बुधबार अपराह्न मोटरसाइलमा गइरहेका साहलाई प्रहरीले रोक्न खोजेको थियो । नमानेपछि हवाई फायर भयो । त्यसपछि पनि नरोकिँदा प्रहरीले कम्मरमुनि गोली चलाएको हो । साहसँगै रहेका अर्का एक युवक पनि पक्राउ परेका हुन् ।
प्रतिक्रिया दिनुहोस्: