गुण्डा नाइके चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न अदालतको आदेश
काठमाडौं । काठमाडौं जिल्ला अदालतले गुण्डा नाइके चक्रे मिलनलाई धरौटीमा छोड्ने आदेश जारी गरेको छ ।
बुधबार जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले उनलाई ३० हजार रुपैयाँ धरौटीमा छोड्ने आदेश जारी गरेको अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
उनीसहित अभद्र व्यवहारसम्बन्धी मुद्दा दायर भएका १९ जनालाई नै धरौटीमा छोड्ने आदेश भएको श्रेष्ठले जानकारी दिए ।
जन्मदिन मनाइरहेका बेला गत साउन १५ गते काठमाडौंको चक्रपथस्थित साम्बला होटलबाट पक्राउ परेका थिए ।
यी हुन् रिहा हुनेहरु
चक्रे मिलन भन्ने मिलन गुरुङ समेत १९ जना (अभद्र व्यवहार)
१. जीत बहादुर लामा – १० हजार
२. रितिक लामा – २० हजार
३. चन्द्र देव कार्की –१० हजार
४. प्रकाश गोले –१० हजार
५. आमिर आलेमगर –१०हजार
६. उत्तम महर्जन –१० हजार
७. प्रनिश कँडेल –१० हजार
८. राजु परियार –१० हजार
९.राजेश भन्ने रोजेश खड्का – ३० हजार
१०.गणेश बहादुर बोगटी – २० हजार
११.रोशन सुवेदी – १० हजार
१२. सन्दीप के।सी –१० हजार
१३ . राहुल खड्का (१०हजार
१४.यामु पौडेल –१० हजार
१५. सौरभ सुनार –१० हजार
१६. डिल्लीराज कँडेल –२० हजार
१७. चर्के मिलन भन्ने मिलन गुरुङ – ३० हजार
१८.सफल भन्ने सुजल शाही – १० हजार
१९ . निराजन पौडेल – १० हजार
प्रतिक्रिया दिनुहोस्: