Bagmati Samachar Logo

मुख्यमन्त्री बानियाँले लामा पक्षका दुई मन्त्री बनाउने सहमति गरेपछि विश्वासको मत दिन तयार

हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बहादुरसिंह लामा पक्षले विश्वासको मत दिने भएको छ। केहीबेरअघि बसेको संसदीय दलको बैठकमा विश्वासको मत दिनेबारे सहमति जुटेको हो।

लामाले आफ्ना पक्षका २ सांसदलाई मन्त्री बनाउनुपर्ने शर्त राखेका थिए। विश्वासको मत लिइसकेपछि उक्त शर्त कार्यान्वयन गर्ने प्रतिवद्धता बानियाँले गरेका छन् । बानियाँले सहमति जनाएपछि लामा पक्ष विश्वासको मत दिन तयार भएको हो। विश्वासको मत लिन बानियाँलाई ५६ जना प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ।

बागमतीमा कांग्रेसका ३७ प्रदेशसभा सदस्य छन्। त्यस्तै एमाले २७ सांसद छन् । बागमतीमा एमाले र कांग्रेसको गठबन्धन छ । अरु दलहरु विपक्षमा छन् । विपक्षमा माओवादी केन्द्र २१, राप्रपा १३, नेकपा एकीकृत समाजावादी ७, नेपालमजदुर किसान पार्टी ३, हाम्रो नेपाली पार्टी २ प्रदेशसभा सदस्य छन्।