Bagmati Samachar Logo

रासायनिक मल अभाव भएको गुनासोपछि प्रधानमन्त्रीले कृषि मन्त्री र सचिवसँग छलफ गर्नेल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको अभाव भएको गुनासो आएपछि कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारी र मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीसँग छलफल गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा बोलाएर मलको आपूर्ति, खेतीको अवस्थालगायत विषयमा मन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्रीले मंगलबार अपराह्न छलफल गर्न मन्त्री अधिकारी, सचिव गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

देशमा मलको मौज्दात रहेको र आयातको क्रम पनि जारी रहेका बेला किसानले समयमा मल नपाएको गुनासो आएको छ ।