४० घण्टा भन्दा बढी कैदीबन्दीले नियन्त्रण गरेको कारागारमा हतियारसहितका सुरक्षाकर्मी प्रवेश
काठमाडौं । कैलालीको कारागार ४० घण्टा भन्दा बढी कैदीबन्दीले नियन्त्रणमा लिएका थिए । शुक्रबार रातीबाट कैदीबन्दीको नियन्त्रणमा रहेको कैलाली कारागारमा आइतबार दिउँसो मात्र हतियारसहितका सुरक्षाकर्मी प्रवेश गरेका छन् ।
कैदीबन्दीका दुई समूहबीचको झडपका कारण शुक्रबाररातीदेखि तनावग्रस्त रहेको कारागारमा सुरक्षाकर्मीको नियन्त्रणमा आउन ४० घण्टाभन्दा बढीको समय लागेको छ ।
आइतबार अपरान्ह नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली मानव अधिकारको सुदूरपश्चि प्रदेश कार्यालय, धनगढीको रोहवरमा कारागारभित्र हतियारसहित प्रवेश गरेका छन्।
कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएका थिए ।
शुक्रबार राती दुई समुहबीच झडप हुँदा एक जनाको मृत्यु र ४९ जना घाइते हुने गरी हिंसात्मक घटना भएको थियो ।
भर्खरै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली कारागारको ब्लक ए र ब्लक बी मा प्रवेश गरी भित्रको स्थितिबारे जानकारी लिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्: