कैलाली कारागार घटनाः गृहमन्त्री लेखक सुरक्षा निकायका प्रमुखसँग छलफल गदै
काठमाडौं । कैलालीको धनगढीस्थित कारागारमा झडप हुँदा एक जनाको मृत्यु र ४७ जना घाइते भएपछि गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् ।
कैदीबन्दीबीच झडपपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न गृहमन्त्री लेखकले शनिबार अपराह्न ४ बजे गृह मन्त्रालयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखबीच छलफल जारी रहेको छ ।
गृहमन्त्रीको सचिवालयका अनुसार, छलफलमा गृहसचिव गोकर्णमणि दुवाडी, सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्लेलगायत सहभागी हुनेछन् । कैदीबन्दीबीच गएराति एकापसमा झडप हुँदा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् ।
झडपमा घाइते भएकाहरूको धनगढीमै उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्: