Bagmati Samachar Logo

प्रधानमन्त्री ओलीलाई भ्रमणको  निम्तो दिन भारतका विदेश सचिव मिश्री नेपाल आउँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक भारत भ्रमणको  निम्तो दिन भारतका विदेश सचिव विक्रम मिश्री नेपाल आउने भएका छन् ।

विदेश सचिव मिश्री यही १ भदौमा नेपाल आउन लागेको भारतको विदेश मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले आगामी ३१ भदौमा भारत भ्रमण गर्ने तयारी रहेको छ । तेस्रोपटक प्रधानमन्त्री बनेका ओलीले पहिलो भारत भ्रमण तयारी गरेका छन् । ओलीको भ्रमण तयारीबारे परामर्शका लागि नेपाल आउन लागेको बताइएको छ ।

विदेश सचिव मिश्री एक वर्षको बीचमा दोस्रोपटक नेपाल आउन लागेका हुन् । उनी १२ अगस्ट २०२४ मा नेपाल आएका थिए ।