Bagmati Samachar Logo

राष्ट्रिय भलिबल टिमकी मिडल ब्लकर कविता एपीएफको जागिर छोडेर अस्ट्रेलिया

काठमाडौं । राष्ट्रिय भलिबल टिमकी मिडल ब्लकर कविता भट्ट अस्ट्रेलिया गएकी छन् । भट्ट शसस्त्र प्रहरीमा जागिरेर र एपीएफ क्लबकी भलिबल खेलाडि हुन् ।

बुधबार भट्ट अष्ट्रेलिया गएकी छन् । नेपाली महिला राष्ट्रिय भलिबल टिमकी मिडल ब्लकर हुन् । विभागीय टिम नेपाल एपीएफबाट खेल खेल्थीन् ।

 

भट्ट एपीएफको जागिर छाडेर अस्ट्रेलिया गएकी हुन् । बुधार उनको क्लबका केहि खेलाडीले त्रिभुवन अन्र्तराष्ट्रिय विभानस्थलमा विदाइ गरेका छन् । उनी एक महीना पहिला पनि अष्ट्रेलिया भलिबल खेलेर फर्केकी थिइन् । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्डमा गत वर्ष पिपुल्स च्वाइस अवार्ड जितेकी थिइन् ।

जागिर खेल क्षेत्रछोडेर विदेश जाने भट्ट पहीलो खेलाडी भने होइनन् । उनी जस्तै विभागीय टोलीका धेरै भलिबल खेलाडीहरु जापान अष्ट्रेलीया पलायन हुँदै गएका छन् । यसअघि एपीएफकै जागिर छोडेर राष्ट्रिय टिमकी स्पाइकर तथा एपीएफकी सरस्वती चौधरी पनि अस्ट्रेलिया पलायन भएकी छन् ।

एपीएफको पुरुष टिमका खेलाडी तथा राष्ट्रिय टिमका सदस्य लोकेन्द्र गिरी, टंक अवस्थी र हेमन्त मल्ल पनि अस्ट्रेलिया पुगि सकेका छन् । पछिल्लो समय खेलाडीहरू विदेसशीने क्रम झन् बढ्दै गएको छ । अघिल्लो वर्ष नेपाली पुरुष राष्ट्रिय टिमको कप्तानबाट राजीनामा दिएर मानबहादुर श्रेष्ठ पनि अस्ट्रेलिया पलायन भएका थिए ।