रास्वपाले संसदमा माग्यो राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा
काठमाडौं । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा प्रवक्ता मनिष झाले ‘कुलिङ अफ पिरियड’मा भएको चलखेलबारे छानबिन गर्न गठित समितिले सभापति खतिवडालाई पनि जिम्मेवार देखाएले राजीनामा मागेका हुन् ।
प्रवक्ता झाले छानबिन समितिको प्रतिवेदनमा नाम नलेखिएको बहानामा सभापति खतिवडा उम्किन नमिल्ने बताए । उनले भने, ‘कुलिङ पिरियडका बारेमा समितिका सभापतिमाथि नैतिक प्रश्न उठेको छ । यस्तै समाचार आउँदा हामीलाई नैतिक प्रश्न सोधिन्थ्यो, अब उहाँलाई सोधिन्छ । यो नालायकीपनको जवाफ कसले दिने ? यो गैरजिम्मेवारीपनको जवाफ कसले दिने ?’
उनले प्रतिवेदनमा स्पष्ट नाम नभए पनि संकेत पर्याप्त रहेको दाबी गरे । उनले प्रश्न गर्दै भने, ‘नाम लेखिएको छैन भनेर उम्किन मिल्दैन । अहिलेको प्रधानमन्त्री भनेपछि कसलाई सम्झिने ?’
प्रतिक्रिया दिनुहोस्: