विप्लव नेतृत्वको नेकपाले तत्काल माओवादी केन्द्रसँग एकता नगर्ने
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेकपा माओवादी केन्द्रसँग तत्काल एकता नगर्ने भएको छ । नेकपाले आफ्नै नेतृत्वमा माओवादी धारलाई समेटेर नेतृत्व गर्न पहल गर्ने बताएको छ ।
नेकपाको सोमबार बसेको स्थायी समिति बैठकले तत्काल माओवादी केन्द्रसँग एकता नगर्ने निर्णय गरेको छ । उता नेकपा माओवादी केन्द्रको स्थायी समितिको सोमबार सम्पन्न बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।
नेकपाले त्यसको समाधानका लागि नेकपाले पहलकदमी लिने र समाजवादी गणतन्त्रमा अघि बढ्ने निर्णय गरेको प्रवक्ता विश्वकर्माले जानकारी दिए ।
नेकपाले माओवादीले एकताको कारण र आधार पहिले स्पष्ट पार्नुपर्ने बताएको छ ।
बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता विश्वकर्माले भने, ‘माओवादी धार, क्रान्तिकारी कम्युनिष्टहरु र समूहसँग एकता र ध्रुवीकरणको हाम्रो नीति त छँदैछ, तर नेकपा माओवादी केन्द्रसँग अहिले एकता हुँदैन ।’
जब कि गत वर्ष नेकपाको केन्द्रीय समितिले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्: