माओवादीले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने
काठमाडाै । नेकपा माओवादी केन्द्रले नेत्र विक्रम चन्द्र विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको छ ।
स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अग्नि सापकोटाले विप्लवसँग एकताको लागि वार्ता टोली बनाएर छलफल थाल्ने निर्णय भएको बताए ।
उनले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पनि एकताको लागि छलफल चलाउने बताएका छन् ।
उनले भने, ‘नेकपा एकीकृत समाजवादी र विप्लवजी समाजवादी मोर्चामै हुनुहुन्छ, विप्लवसँग एकता गर्ने निर्णय भएको छ। नेकपा एससँग छलफल चल्दैछ । निष्कर्षमा पुगेका छैनौं ।’
चार दिनसम्म चलेको माओवादी केन्द्रको स्थायी समिति बैठक २६ बुँदे निर्णय गरेर आज सकिएको छ ।
प्रतिक्रिया दिनुहोस्: