माओवादी स्थायी समिति बैठकमा जनार्दनलाई नेतृत्व नताक्न नेताहरुकाे सुझाव
काठमाडौं । नेकपा माओवादीको जारी स्थायी समिति बैठकमा उपाध्यक्ष नन्दबहादुर पुन पासाङले जनयुद्धको समयको प्रभावक नदेखेको बताएका छन् ।
पासाङले आफ्नो धारणा राख्ने क्रममा जनयुद्धको समयमा जस्तो जनार्दन शर्मा प्रभाकर थिए त्यो अहिले पुरै परिवर्तन भएको आफूले पाएको बताएका छन् ।
पासाङको भनाइ भन्दै एक स्थायी समिति सदस्यले भने, ‘प्रभाकर जनयुद्धमा पार्टीका विरुद्ध लाग्नेका विरुद्ध लड्नु हुन्थ्यो । अहिले त्यस्तो पाइन् । उहाँले अध्यक्षको भनाइ खारेज गर्नु भयो । म तपाईको यो प्रवृतिको खारेज गर्छु ।’
माओवादीमा हिजो पनि अतिवादी प्रवृति थियो र अहीले पनि समस्याको रुपमा रहेको उनले बैठकमा बताएका छन् । ती स्थायी सदस्यले पासाङको भनाइ उदृत गदै भने, ‘हिजो यो प्रवृति विप्लवमा थियो । अहीले हाम्रो पार्टीमा पनि देखिएको छ ।’
उपाध्यक्ष कृष्णबहादुर महराले जनार्दन शर्माले पार्टी नेतृत्वविरुद्ध दिएको अभिव्यक्ति सच्चाउनु पर्ने बताएका छन् । बैठकमा धारणा राख्दै महराले प्रभाकरले आफूले दिएको अभिव्यक्ति सच्चाउनु पर्ने माग गरेका छन् ।
महराले नेतृत्वलाई ड्यामेज गर्ने कुराले पार्टी र माओवादी आन्दोलनलाई नै समाप्त पार्ने काम गरेको धारणा राखेका बैठकमा सहभागी एक नेताले बताए । ती नेताले महराको भनाई उदृत गर्दै भने, ‘नेतृत्वको ड्यामेजिकरण भनेको पार्टी र आन्दोलनको ड्यामेजिकरण हो । प्रभाकर ले कुरा बाहिर लैजानु गल्ती छ । समिक्षा गरेर प्रभाकरले आफूले गरेको गल्ती सच्चाउनु पर्छ ।’
महराले बैठकमा नेतृत्व बलियो हुँदा पार्टी बलियो हुने बताएका छन् । ती नेताले भने, ‘नेतृत्वलाई बलियो बनाउँदा मात्र पार्टी बलियो हुन्छ । नेतृत्व कसैलाई इच्छा लाग्यो भनेर दिएर हुने कुरा होइन । म लिन्छु भनेर हुने कुरा पनि होइन् । त्यो वर्ग संघर्ष र अन्तरसंघर्षले स्थापित हुने कुरा हो ।’
उपाध्यक्ष पम्फा भुसालले पहीला आफू पार्टी विभाजनमा लागेर ठूलो गल्ती गरेको बताएकी छन् । बैठममा भुसालले आफूले पार्टी विभाजनको पक्षमा लाग्नु गल्ती भएको र अब पार्टीलाई एक ढीक्का गर्न सबै लाग्नु पर्ने बताएकी एक स्थायी समिति सदस्यले बताए । ती सदस्यले भुसालको भनाइ उदृत गर्दै भने,‘साथीहरुको नयाँ विचार छ भने त्यही तरिकाले आउनु पर्छ । होइन भने विधि मान्नु पर्छ ।’
पार्टी सचिव दिनानाथ शर्माले आफूले मोहन विक्रम, मोहन वैद्य, बाबुरामदेखि प्रचण्डसँग पार्टीमा काम गरेको र सबै विधिमा चल्ने गरेको बताएका छन् । शर्माले भनेको भन्दै अर्का स्थायी समिति सदस्यले भने,‘पार्टी प्रक्रिया र पद्धतिमा चल्छ । त्यो सबैले मान्नु पर्छ । समाजवाद ल्याउन सबै एक ढिक्का भएर जानु पर्छ । पार्टी विधि नमान्नु अराजकता हो । यो सच्याउनु पर्छ ।’
सचिव हितराज पाण्डेले हितराज पाण्डेले उपमहासचिव जनार्दन शर्माका धारणाहरु पार्टीलाइन भन्दा फरक सुनिन थालेको बताएका छन् । बैठकमा आफ्नो धारणा राख्दै उनले जनार्दनका धारणाहरु पार्टीलाइन भन्दा फरक सुनिन थालेको भन्दै आलोचना गरेका छन् ।
उनले भने्, ‘सांसद प्रभाकरले सदनमा व्यक्त गरेको धारणा पार्टी लाइनभन्दा भिन्न छ । उनले संसदको मर्यादाभित्र रहेर पनि नेतृत्वप्रति संशयजनक टिप्पणी गर्ने, सरकारमा सहभागी पार्टीका तर्फबाट स्पष्ट धारणा नबोल्ने तथा आफूलाई फरक हिसाबले प्रस्तुत गर्ने प्रवृत्ति देखिएको छ । जनार्दनका धारणा पार्टी लाइनभन्दा किन भिन्न सुनिन थाल्यो ?’
पछिल्लो समय जनार्दनले भ्रष्टाचारमा डुबेको सरकारको आलोचना गरेर जनतालाई राहत दिने कुरा गर्नभन्दा पनि पार्टी अध्यक्षलाई विभिन्न प्रकारका आरोप लगाउने गरेको पाण्डेको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्: