एक दुई जनाले भनेको भरमा प्रचण्डले आत्मालोचना गर्दैनन् : अग्नि सापकोटा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मालोचना गर्नु पर्ने गरी केहि गल्ती नगरेको बताएका छन् । स्थायी समिति बैठकमा भएको छलफलबारे केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीलाई जानकारी गराउँदै यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘मत परिवर्तन हुनसक्छ । ३१ लाखबाट ११मा झरेको मत ३१ लाखमा पुग्न सक्छ । तर एकाधजनाले आत्मालोचना गर्नु पर्छ भन्दैमा अध्यक्षले आत्मालोचना गर्नु हुदैन ।’
उनले भने, ‘अधिकांश सदस्यले नेतृत्वको विकल्प छैन भनेर धारणा राख्नुभएको छ । अहिले प्रचण्डको विकल्प छैन । जर्नादनजीले नेतृत्वको विषयमा बोल्नुभएको छैन । समाजवादी क्रान्तिको आधार तयार गर्ने भनिएको छ । विचार निर्माण, संगठन सबै नेतृत्वले गर्ने हो । नेतृत्व विकासका लागि व्यवस्थित गर्नुपर्छ ।’
उपमहासचिव जनार्दन शर्माले बैठकमा माओवादीले पहिलो संविधान सभामा ल्याएको ३१ लाख मत घटेर ११ लाखमा झर्नुको कारण नेतृत्व भएको बताएका छन् । को यसको जिम्मेवारी नेतृत्वले लिनु पर्ने धारणा राखेका छन् ।
सापकोटाले राजनीतिमा ३१ लाखबाट ११ लाखमा झर्यो भने ११ लाखबाट ३१ लाखमा पनि पुग्न सक्ने बताए ।
आजको बैठकमा १९ जनाले आफ्नो धारणा राखेका छन् । बैठक भोली पनि बस्ने छ ।
प्रतिक्रिया दिनुहोस्: