जनार्दनले प्रचण्डलाई भने–माओवादीको ३१ लाख मत घटेर ११ लाखमा झर्नुको कारण म कि तपाई ?
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा आफ्नो धारणा राख्ने क्रममा उपमहासचिव जनार्दन शर्माले २०६४ सालमा भएको ३१ लाख मत घटेर ११ लाखमा झनुको दोषि तपाई कि म हो भन्दै प्रश्न गरेका छन् । शुक्रबारबाट सुरु भएको बैठकमा नेताहरुले धारणा राख्ने क्रम जारी रहेको छ । जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौखिक रुपमा एजेण्डा राखेका थिए ।
उनले भने, ‘मैले पार्टी निर्माणका लागि सबैका सामु प्रश्न उठाएँ, अरुले भित्र(भित्रै यो पार्टी बन्दै–बन्दैन भन्दै हिडेका छन्। तर पार्टी निर्माणमा मैले प्रश्न उठाए बापत के सजाय भोग्नुपर्छ म तयार छु । पार्टी फुट्छ भन्ने दुष्प्रचार खारेज गर्छु। जति धकेल्न खोजे पनि म पार्टीमा अड्डिरहन्छु। ३१ लाख बाट ११ लाख मत झार्न मेरो कमजोरी छ भने म आत्मालोचना गर्न तयार छु। हैन भने तत् तत् ठाउँबाट आत्मालोचना गर्न आवश्यक छ। यसको जिम्मा अध्यक्षले लिनु पर्छ ।’
आजको बैठकमा शर्माले आफूलाई जोडेर अनावश्यक प्रचार गरिएको भन्दै असन्तुष्टि पोखेका छन् । बैठकमा अधिकांश नेताहरूले शर्माको आलोचना गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्: