Bagmati Samachar Logo

शहीदका परिवारले रुँदै भने– शहीद पनि वर्गीय हुन थाले, नेताका परिवारको सधै स्मृति दिवस, सर्वसाधरणको वास्ता छैन

काठमाडौं । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा दोलखाका बोत्लेमा शहीद भएकाहरुको स्मृति दिवस मनाएको छ । २०५९ साउन १८ गते दोखलाको बोत्लेमा राज्यपक्षबाट मारिएका १४ जनाको स्मृतिमा सभामा राज्यद्धारा भएको उक्त हत्यामा पत्नी गुमाएका शंकर लामाले भक्कानिदै नेताका परिवारहरु शहीद हुँदा स्मृति दिवस मनाइरहेन तर सर्वसाधरणका परिवार शहीद हुँदा वास्ता नगरेको गुनासो गरेका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत सहभागी उक्त कार्यक्रममा बोल्दै दोलखाका लामाले शहीदपनि वर्गीय भएको बताएका छन् । उनले भने,‘शहीद पनि वर्गीय भएका छन् । नेताहरुका आफन्त शहीद हुँदा स्मृति दिवस मनाइरहने तर सर्वसाधरणका घरपरिवार शहीद हुँदा वास्ता नगर्ने भइयो । उनले शहीदहरुको अभिलेख राखेर सबैको स्मृति दिवस मनाउन पर्छ ।’

उनले सर्वसाधरणको घरपरिवार शहीद हुँदा पनि पार्टीले मनाउनु पर्छ भनेर नेताहरुलाई झकझकाउन १० दिनसम्म खटेर यो कार्यक्रम आयोजना गरिएको बताए ।

उनले भने, ‘देशैभरका शहीदहरुको यस्तो डकुमेन्ट बनोस् अनि शहीद परिवारको पनि अलिकति मन शान्त हुन्छ कि, घाइतेहरुको पनि अलिकति मन शान्त हुन्छ कि, त्यो भएपछि पार्टी पनि अलिकति सुदृढ हुन्छ कि ।’

आफूसँगै भएका १४ जना मध्य आफू हाम फालेर बाँचेको पनि सुनाए । उनले भने ‘१७ हजारको हत्यारा माओवादी हो भनेर भन्दै आएका छन् । तर १७ हजारको हत्यारा को हुन भनेर पत्रकार साथिहरुले अहीलेपनि खोजेर बाहिर ल्याउनु पर्छ । माओवादीले परिवर्तनको लागि गरेको आन्दोलनलाई बग्याएर लेख्ने गरेको छ । सत्य तथ्य लेखि दिनु पर्छ ।’

साधरण पुस्करका खाइहरु शहीद भएको पार्टीले वास्ता नगरेको गुनासो गरे । उनले भने ‘देशभरीका शहीद परिवारको डकुमेन्ट तयार होस् । सम्झना दिलाउन , देशभरीको शहीद परिवारको मन शान्त होस, घाइतेहरुको पनि मन शान्त हुने काम पार्टीले गर्नु पर्छ । राम्रो नराम्रो जस्तो भएपनि पार्टीलाई देखाउछु भनेर खटेको थिए । देखाउन पाए ।’

उनले अगाडि भने, ‘पार्टीभित्र गुट उपगुट जुन छ, त्यसले पनि शहीद परिवारलाई पिरोलेको छ, कार्यकर्तालाई पनि पिरोलेको छ र आम जनतालाई पनि निराश बनाइरहेको छ ।’

उनले नेताहरुले प्रशिक्षण दिदा पदलोलुपता हुनु हुँदैभन भनेर परिक्षण दिएको तर अहिले नेताहरु नै पदलोलुपता देखिएको बताए । उनले भने, ‘के उपाध्यक्ष ७ जना, उपमहासचिव ७ जना सचिव ७ जना नै चाहीने हो र ? पहीला त एक जना महामन्त्री हुँदा चलेको थियो ।’

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बोत्लेमा मारिएका र घाइते परिवारहरुलाई सम्मान गरेका थिए ।