Bagmati Samachar Logo

कांग्रेस बागमती संसदीय दलमा बानियाँ विजयी

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल नेतामा ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्।

बुधबार भएको संसदीय दलको नेताको निर्वाचनमा मुख्यमन्त्री बहादुर सिंह लामालाई हराउँदै प्रदेश सांसद बानियाँ निर्वाचित भएका हुन्।

३७ जना सांसदमध्ये बानियाले २२ मत प्राप्त गरेर विजयी भएका छन् भने मुख्यमन्त्री लामले १४ प्राप्त गरेका छन् । एक मत भने बदर भएको छ। स्वस्तिक छाप लगाउनुपर्नेमा एक जना सांसदले नाम लेखेपछि विवाद भएको थियो भने त्यसलाई बदर भएको मानिएको छ।

यसअघि २०७९ मंसिरमा प्रदेश सभा निर्वाचन भएपछि पुस १३ गते संसदीय दल नेताका लागि चुनाव भएको थियो। त्यसबेला पनि लामा र बानियाँबीच प्रतिस्पर्धा भएको थियो ।

त्यसबेला बानियाँले १६ मत र लामाले २१ मत प्राप्त गरेका थिए। साढे २ वर्षमा बानियाँले उक्त मत उल्टाएर आफ्नो पक्षमा २२ सांसद बनाएर दल नेता बनेका छन् । अब मुख्यमन्त्री परिवर्तन हुन्छ हुँदैन हेर्न बाँकि छ । लामाले आफू दलको नेतामा पाजित भएपनि मुख्यमन्त्रीबाट राजीनामा नदिने बताएका छन् ।