एमालेले असहमति जनाएपछि बागमतीका तीन मन्त्रीको शपथ रोकियो
हेटौंडा । बागमती प्रदेश सरकारमा नवनियुक्त तीन जना मन्त्रीको शपथ रोकिएको छ ।
आज बुधबार बिहान मुख्यमन्त्री बहादुरसिंह लामाले तीन जनालाई मन्त्री नियुक्त गरेका थिए । आजै तीन जनालाई शपथग्रहरण गराउने तयारी गरेको थियो । तर अन्तिम सममया एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले असहमति जनाएका छन् । मुख्यमन्त्री लामालाई फोन गरेर सरकार विस्तार नगर्न भनेपछि अन्तिम समयमा मन्त्रीको शपथ रोकिाएको छ।
मन्त्रीमा नियुक्त भएका कांग्रेसका संसदीय दलका प्रमुख सचेतकसमेत रहेका धादिङका गोविन्द लम्साल, चितवनका माया श्रेष्ठ र गीता गुरूङ थिए ।
लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरूङलाई सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त गरेका थिए । उनीहरूको शपथ बिहान ९ बजे प्रदेश प्रमुख कार्यालयमा गराउने तयारी थियो । नवनियुक्त मन्त्रीहरूको शपथ हुने सम्बन्धि जानकारी प्रदेश प्रमुख कार्यालयलाई पनि गराइएको थियो ।
एमालेले संवेदनशील अवस्थामा मन्त्री नियुक्त गर्नु उपयुक्त नहुने धारणा राखेको छ ।
प्रतिक्रिया दिनुहोस्: