मुख्यमन्त्री लामाले पनि गराए संसदीय दलको नेता बन्न उम्मेदवारी दर्ता
हेटौंडा । नेपाली कांग्रेस बागमती संसदीय दलको नेता पदका लागि मुख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार मात्र अविश्वास प्रस्तावमा मतदान गर्दै संसदीय दलको नेताबाट हटाइएका उनले पुन पदमा आउन निर्वाचन प्रक्रियामा सहभागी भएका हुन्।
बुधबार (आज) प्रदेश सभा भवन परिसरमा मुख्यमन्त्री लामाले दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका हुन्। सांसद तीर्थ लामाको प्रस्तावक तथा प्रदेशका अर्थमन्त्री कुन्दन काफ्लेको समर्थकमा लामाले दलको नेतामा उम्मेदवारी दर्ता गराएका हुन्।
शुक्रबार कांग्रेस संसदीय दलको कार्यालयमा दर्ता भएको अविश्वासको प्रस्तावमा हिजो मङ्गलबार अविश्वासको प्रस्तावमा बहुमत आएपछि दलको नेताका लागि आज निर्वाचन हुन लागेको हो। जसमा ३७ सांसदमध्ये २२ सांसदले अविश्वासको प्रस्तावमा मत जाहेर गरेर दलको नेताबाट पदमुक्त भएका लामाले पुनः संसदीय दलको नेताका लागि निर्वाचनमा हुन लागेका हुन्।
प्रतिक्रिया दिनुहोस्: