बागमती कांग्रेस दलको नेतामा लामा र बानियाँबीच प्रतिष्पर्धा हुने
हेटौँडा । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री बहादुर सिंह लामा र इन्द्रबहादुर बानियाँबीच प्रतिस्पर्धा हुने भएको छ ।
लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । उनलाई दलको नेताबाट हटाएको छ । लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । आज नै दलको नेताको चयन हुने छ ।
उनले आफ्नो तर्फबाट ललितपुरबाट प्रदेश सांसदमा प्रतिनिधित्व गरेका रामकृष्ण चित्रकारलाई प्रस्ताव गरेका थिए । तर, आफ्नो विपक्षमा रहेका सांसदहरूलाई आफूतर्फ तान्ने प्रयास गरिरहेका मुख्यमन्त्री लामाले अन्ततः आफै संसदीय दलको नेतामा प्रतिष्पर्धा गर्ने निर्णय गरेका छन् । आज बिहानमात्र तीन जना आफू पक्षका सांसदलाई मन्त्री नियुक्ति गरेका छन् ।
कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेताको निर्वाचन अहिले १० बजेदेखि सुरु भएको छ । १० देखि ११ बजेसम्म नामावली प्रकाशन गरेपछि ११ः३० देखि १२ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको संसदीय दलका सचिव कृष्ण तामाङले जानकारी दिएका छन् ।
सोही तालिका अनुसार सकेसम्म पाँचै जना मन्त्री टुङ्ग्याएर शपथ समेत खुवाएर मनोनयन दर्ता गर्न जाने तयारी मुख्यमन्त्री लामाले गरेका छन् ।
संसदीय दलको नेतामा लामाका तर्फबाट उम्मेदवार बन्ने चर्चा रहेका सांसद रामकृष्ण चित्रकारले जित्ने निश्चित भएका कारण मुख्यमन्त्री लामा नै संसदीय दलको नेतामा उम्मेदवार बन्ने निर्णय भएको बताएका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठको नेतृत्वमा गठित निर्वाचन समितिले आजै निर्वाचन र दलको नेता घोषणा गर्ने तालिका सार्वजनिक गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: