संसदीय दलको चुनावअघि मुख्यमन्त्री लामाले तीन जना मन्त्री नियुक्त
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीन जना मन्त्रीमा नियुक्त गरेका छन् ।
आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको विपक्षमा उभिएका गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई लामाले बुधबार मन्त्रीमा नियुक्त गरेका हुन् ।
लामाले लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी भने तोकिएको छैन ।
२२ जना सांसद अविश्वासको प्रस्तावको पक्षमा उभिँदा मुख्यमन्त्री लामाले संसदीय दलको नेताको हैसियत गुमाएका छन् । संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदै छ । इन्द्रबहादुर बानियाँले दलको नेतामा उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्: