दल नेतामा पराजित भएपनि मुख्यमन्त्री बाट राजीनामा दिन्नः बहादुरसिंह लामा
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मुख्यमन्त्री पदबाट राजनीनामा नदिने बताएका छन् । आज भएकाे संसदीय दलकाे मत विभाजनको क्रममा दलको नेतामा पराजित भएपछि भएका छन् । दल नेतामा पराजित भएपनि आफूलाई कसैले मुख्यमन्त्री हुनबाट रोक्न नसक्ने बताए ।
उनले गठबन्धनको सरकारमा संसदीय दलको नेता हुनु र नहुनुले कुनै अर्थ नराख्ने दाबी गर्दै भने, सरकार र दल फरक-फरक कुरा हो । मुख्यमन्त्री हुन संसदीय दलको नेताह हुन आवश्यक छैन । म कानून विधि विधानअनुसार जान्छु । मैले कसरी राजीनामा दिने ?’उनले जालझेल गरेर दल नेताबाट हटाएकाे बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्: