Bagmati Samachar Logo

बागमतीका खानेपानी मन्त्री खडकाको राजीनामा, बानीयाँको पक्षमा २० सांसद पुगे

हेटौंडा । बागमती प्रदेश सरकारका खानेपानी उर्जा तथा सिचाईँ मन्त्री श्याम बहादुर खड्काले राजीनामा दिएका छन्।

मंगलबार बिहान बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर लामालाई खडकाले राजीनामा बुझाएका छन् । केहि दिन देखि बागमतीमा सरकार परिवर्तनको खेल चलिरहेको छ । मुख्यमन्त्री लामालाई पदबाट हटाउन कांग्रेस संसदीय दलको कार्यलयमा अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।

सोमबार नै दलको बैठक बस्ने भनिएपनि बस्न सकेन । आज दलको कार्यालयमा मत विभाजन गर्ने तयारी भएको छ । आजै खडकाले मन्त्री पदबाट राजीनामा दिएका हुन्।

लामा विरुद्धको अविश्वाशको प्रस्तावमा हस्ताक्षर नगरेका खड्काले मन्त्री पदबाट राजीना दिएर अर्का सांसद ईन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने निर्णय गरेका छन् ।

यो सँगै कांग्रेसका बगमती सरकारका ५ मन्त्रीले राजीनामा दिएका छन् ।

यसअघि प्रदेशका सहकारी मन्त्री मदुकुमार श्रेष्ठ, पर्यटन मन्त्री विमल ठकुरी, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले राजीनामा दिएका थिए।

पाँचजनै मन्त्रीले इन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने बताएका छन्। बागमती प्रदेशमा काङ्ग्रेसको ३७ सिट छ। खडकाको राजीनामा संगै बानियाँको पक्षमा २० जना सांसद पुगेको छन् भने मुख्यमन्त्री लामाको पक्षमा १७ जना रहेका छन् ।