यी हुन् सिन्धुलीबाट हराएका एकै परिवारका १६ जना (सूची)
काठमाडौं ।स सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ बाट हराएका एकै परिवारका १६ जनाको नाम खुलेको छ । प्रहरीका अनुसार बेपत्ता हुनेमा एक वर्षका बालकदेखि ५२ वर्षसम्म रहेका छन् ।
उर्मिला हायुको परिवारका १६ जना सदस्य आइतबार रातिदेखि हराएका हुन् । हराएकाहरुको खोजी तीव्र पारिएको छ ।
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले घटना रहस्यमय देखिएको बताए ।‘हामी पनि अचम्मित भएका छौँ । खोजीका लागि प्रहरी परिचालित छ,’ भुसालले भने ।
उनका अनुसार बेपत्ता भएकामध्ये एक जनाको मोबाइल रामेछापबाट स्वीच अफ भएको पाइएको छ । ‘मोबाइलको लोकेसन ट्र्याक गर्दा रामेछापबाट स्वीच अफ भएको देखियो । थप बुझिँदै छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्: