सिन्धुलीमा एकै परिवारका १६ जना सम्पर्कविहीन
काठमाडौं । सिन्धुलीमा एउटै घरबाट १६ जना हराएका छन्।
सिन्धुलीको गोलाञ्जोर गाउँपालिक ६ बागेश्वरका न्ने ठाउँमा १६ जना सदस्य रहेको एक परिवार नै हराएको छ ।
वडाध्यक्ष रबिन श्रेष्ठले सामाजिक सञ्जालमा पोस्ट गरेर उर्मिला हायुको १६ जनाको परिवार हराएको जानकारी दिएका छन्। सीमान्तकृत समुदायको सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका परिवारकाका सदस्यहरु हराएका हुन् ।
वडाध्यक्ष श्रेष्ठका अनुसार उर्मिला हायुको घरमा आगो लागेर सामान्य क्षति भएको पनि बताएका छन् । घर पालुवा जनावर अलपत्र अवस्थामा छन् । उनीहरूको खोजी कार्य भइरहेको वडाध्यक्ष श्रेष्ठले बताए ।
उनले घरमा चौपायामात्रै अलपत्र छाडेर परिवारका सबै सदस्य हराएका जानकारी दिएका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले यसबारेमा बुझ्ने काम भइरहेको जनाएको छ।
स्थानीयले आइतबारदेखि उनीहरू सम्पर्कविहीन भएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस्: