Bagmati Samachar Logo

विमल पौडेल सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार पदमा सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेललाई सिफारिस गरेको छ । न्याय सेवा आयोगले उनलाई सिफारिस गरेको हो ।

उनी यसअघि सर्वोच्च अदालतमै रजिस्ट्रार पदमा कार्यरत थिए । उमेर हदका कारण देवेन्द्रराज ढकाल अवकाशमा गएपछि पौडेललाई मुख्य रजिस्ट्रार पद गरेको हो । त्यस्तैगरी, सर्वोच्च अदालतका सह–रजिस्ट्रार मानबहादुर कार्कीलाई रजिस्ट्रार पदमा सिफारिस गरिएको छ ।