प्रधानमन्त्रीले हेलिकप्टरबाट हेर्दैमा मधेशमा पानी आउँदैन सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टरबाट मधेशमा हेर्न जाँदैमा पानी नआउने बताएकी छन् ।
सोमबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि संशोधन राख्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टरबाटा हेर्दैमा पानी नआउने बताएकी छन् । उनले भनिन्, ‘खडेरी पर्यो भनेर हेलिकप्टरमा हेर्न जादैमा मधेशमा पानी आउँदैन । चुरेको कुरा जोडिन्छ ।’
प्रधानमन्त्री ओली साउन ७ गते हेलिकप्टरमा मधेश पुगेका थिए ।
उनले चुनावदेखि चुनावको मात्रै हेरेर समस्याको समाधान नहुने बताइन् । उनले भनिन्, ‘मधेशमा भएको अभावलाई हेरौं । यसमा जोडिन्छ । निर्वाचनदेखि निर्वाचन सोचेर हुँदैन ।’
उनले सार्वजनिक जग्गामा आँखा नलाउन सरकारलाई आग्रह पनि गरिन् । साथै, उनले वन र राष्ट्रिय निकुञ्जसँग सम्बन्धित केही दफा खारेज गर्न माग गर्दै तिनले स्थानीयको अधिकार कुण्ठित गर्ने आरोप लगाइन् ।
प्रतिक्रिया दिनुहोस्: