Bagmati Samachar Logo

एक वर्षमा २३ सय बढी प्रहरीले छोडे जागिर

काठमाडौं । यो एक वर्षमा २३ सय भन्दा बढी प्रहरीले राजीनामा दिएका छन् ।

आर्थिक वर्ष २०८१–८२ मा २३ सय ६९ प्रहरी कर्मचारीले राजीनामा दिएका हुन् । राजीनामा दिने अधिकांश प्रहरीले घरायसी कारण देखाएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए ।

यही वर्ष क्रिकेटर दीपेन्द्र सिंह ऐरीले पनि राजीनामा दिएका थिए । राजीनामा दिनेमध्ये सिनियर प्रहरी अधिकृत (इन्स्पेक्टरभन्दा माथिल्लो तह) १९ जना छन् । जुनियर प्रहरी अधिकृत (असईदेखि वरिष्ठ सईसम्म) ४०१ जनाले राजीनामा दिएका छन् ।

अन्य दर्ता तथा कार्यालय सहयोगीदेखि वरिष्ठ हवल्दारसम्म १९ सय ४९ जनाले राजीनामा दिएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ ।

प्रहरीमा तल्लो दर्जामा सेवा सुविधा कम हुने गरेको र अवसर कम भएको भन्दै तल्लो दर्जाका प्रहरी कर्मचारीले राजीनामा दिने गरेका छन् ।